PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मख्खन टोलको एक घरमा आगलागी, घटनास्थलमा ६ वटा दमकल



मख्खन टोलको एक घरमा आगलागी, घटनास्थलमा ६ वटा दमकल

काठमाडौं: काठमाडौंको हनुमानढोका पछाडि रहेको मख्खन टोलमा आगलागी भएको छ।
 
रञ्जु तुलाधरको घरमा आगलागी भएको स्थानीयले जानकारी दिएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी बासुदेव खत्रीले जानकारी दिए। डिएसपी खत्रीले भने, 'हामी आगो नियन्त्रणको प्रयास गरिरहेका छौ। घर कसको र कसरी आगो लाग्यो भन्नेबारे स्पष्ट खुलिसकेको छैन।'

६ वटा दमकलकाे प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीको कारण र क्षतिबारे जानकारी आइनसकेको डिएसपी खत्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell