PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

थिमिमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु



थिमिमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

भादगाउँ: मध्यपुर थिमी–२ सानोठिमी वन कार्यालय ओरालोमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिन्न गई लडेर विपरीत दिशातर्फबाट आइरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा७४प ५५३ नंको मोटरसाइकलले विपरीत दिशा प्रदेश–३–०२–००२ प ६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सडकमा लडेको, विपरीत दिशातर्फबाट आउँदै गरेको बा.२.ख ४८६८ नंको बसले समेत ठक्कर दिँदा प्रदेश ३–०२–००२ प ६३ नंको मोटरसाइकल चालक काभ्रे देउपुर–३ घर भई हाल मध्यपुर–९ बोडे बस्ने २४ वर्षीय सन्तोष राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी दिए। 

प्रहरीले सवारी साधनसहित मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी–३ घर भई हाल पुरानो थिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell