PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री ओली अस्पतालमा, प्रमको स्वास्थ्यबारे यसो भन्छिन् निजी चिकित्सक



सागर बुढाथोकी

प्रधानमन्त्री ओली अस्पतालमा, प्रमको स्वास्थ्यबारे यसो भन्छिन् निजी चिकित्सक
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच गर्न पुगेका छन्। नियमित फलो अप र स्वास्थ्य जाँच गर्न उनलाई अस्पताल लगिएको प्रम ओलीको निजी चिकित्सक दिव्या सिंहले बताइन्। भनिन्, 'उहाँको कार्यव्यस्तताको कारण फलोअप गर्न जान भ्याइएको थिएन। अहिले फूर्सद मिलाएर अस्पताल लगिएको हो। उहाँको होलबडी चेक अप गर्नुपर्छ।'
    
गत कार्तिकमा बिरामी परेर शिक्षण अस्पतालमै ओली  भर्ना भएका थिए। त्यसयता गर्नुपर्ने स्वास्थ्य जाँच गरिएको थिएन। सिंहले भनिन्, 'होलबडी चेकअप गरेर त्यसको रिपोर्ट हेरेपछि उहाँ बालुवाटार फर्कनुहुन्छ। अहिले अस्पतालमै राख्नुपर्ने गरी बिरामी हुनुभएको हैन।'

सिंहले प्रम ओलीलाई धपेडीमा काम नर्गन सुझाव दिइरहेकी छिन्। कार्यव्यस्तताको कारण ओलीले आरामको साथसाथै स्वास्थ्य जाँच गर्नसमेत भ्याएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell