PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बानेश्वरमा प्रहरी र शिक्षकबीच घम्साघम्सी, निषेधित क्षेत्र तोड्न खोज्दा अश्रु ग्यास र पानीको फोहोरा

बानेश्वरमा प्रहरी र शिक्षकबीच घम्साघम्सी, निषेधित क्षेत्र तोड्न खोज्दा अश्रु ग्यास र पानीको फोहोरा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: राहत शिक्षकहरुले एक पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर प्रदान गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका छन्। आज माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगी निषेधित क्षेत्र तोड्न खोज्दा झडपसमेत भयो।

प्रदर्शन तितरवितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गर्नुपर्‍यो।

राहत शिक्षकहरुले फेरि एक पटक आन्तरिक प्रतिस्पर्धाबाट आफूहरुलाई स्थायी हुने व्यवस्था गर्न सरकारसँग माग गर्दै प्रदर्शन गर्दै आएका छन्। आफूहरुको सो माग तत्काल पूरा नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी छ। 

६ महिना काम गरिसकेका देशभरका करारमा कार्यरत शिक्षकहरुलाई स्वतः स्थायी गनुपर्ने अन्तराष्ट्रिय मान्यता समेत बेवास्ता गरेपछि सरकारलाई फेरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर एक पटक दिन माग गर्नु परेको छुट अस्थायी करार शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले जानकारी दिए। यदि सरकारले आफूहरुको माग सम्बोधन नगरे सम्पूर्ण सामूदायिक विद्यालयहरुमा आमहडतालसहितको संघर्षको कडा आन्दोलन सुरु गर्न आफूहरु बाध्य हुने चेतावनी दिए।

करिव १३ हजार भन्दा बढी करारमा नियुक्त शिक्षकहरु कार्यरत रहेका छन्। स्थायीका लागि अब भने मौका दिन नसकिने नीतिगत व्यवस्था सरकारले गर्न लागेपछि उनीहरु त्यसको विरोधमा आन्दोलित भएका हुन‍्।



ट्रेन्डिङ पोस्ट

Ncell