PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेवातालमा खसेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु



फेवातालमा खसेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु
फाइल फोटो

काठमाडौं: प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेका एक जनाको मृत्यु भएको छ। प्याराग्लाइडर ४३ वर्षीय रोमानियाका  नागरिक एढ सिरजरको उपचारको क्रममा निधन भएको हो। 

आइतवार बिहान फेवातालमा खसेकाका सिरजरको फेवा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। 

उनी ब्लु स्काइ प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उडेका थिए। ११ बजेर ५० मिनेटमा प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell