PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दार्चुलामा जिप दुर्घटना, सात महिलासहित ११ जनाको मृत्यु



दार्चुलामा जिप दुर्घटना, सात महिलासहित ११ जनाको मृत्यु

दार्चुला: दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन। सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जिप महाकाली नदीमा खसेको हो। 

सख्त घाइते जिप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए। जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो। घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell