PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक : भेन्टिलेटरमा राखियो



पहिलोपोस्ट

पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक : भेन्टिलेटरमा राखियो
ह्याम्स अस्पतालमा अधिकाारी। फाइल फोटो

काठमाडौं : पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप क्रिटिकल भएको छ। लामो समयदेखि थलिएको उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ। 

धुम्बाराहीस्थित  ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ।

श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ।

उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ। डाक्टर रक्षा पाण्डे, डा सविन कोइराला लगायतको टीम उनको उपचारमा संग्लग्न छ। छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell