PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चितवनमा बसको ठक्करबाट १४ वर्षीयाको मृत्यु



चितवनमा बसको ठक्करबाट १४ वर्षीयाको मृत्यु

चितवन: कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन्। 

कालिका नगरपालिका–८ शक्तिखोरबाट तनहुँका लागि जन्ती लिएर हिँडेको ग १ ख २६७ नम्बरको बसले जुटपानीमा ना ५८ प ६३८५ नम्बरको मोटरसाइकललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकल चालक र सवार दुवै घाइते भई उपचारका क्रममा पुरानो मेडिकल कलेजमा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–९ बस्ने ४९ वर्षीय चन्द्रबहादुर भट्टको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell