PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एनसिएल टी २० वुमन्स लिगको लागि खेलाडी दर्ता सुरु, तीन समूहमा खेलाडीको वर्गिकरण



पहिलोपोस्ट

एनसिएल टी २० वुमन्स लिगको लागि खेलाडी दर्ता सुरु, तीन समूहमा खेलाडीको वर्गिकरण

काठमाडौँ : आगामी चैत १ देखि ९ गतेसम्म हुने नेपालकै पहिलो महिला टी २० लिगको लागि खेलाडी दर्ता प्रकिया सुरु भएको छ।

एनसिएल स्पोर्टसको आयोजना हुने एनसिएल टी २० वुमन्स लिगका लागि फागुन १० देखि १८ गतेसम्म खेलाडिले नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।

पहिलो पटक महिला क्रिकेटमा अक्सनबाट टिम बनाइने यस लिगमा चार शहरको ४ टिमले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा खेल्ने खेलाडीहरुलाई ३ समूहमा वर्गिकरण गरेर न्यूनतम मुल्य समेत आयोजकले तोकेको छ।

जसअनुसार ग्रेड ए मा पछिल्लो दुई वर्षदेखि राष्ट्रिय टिममा खेलिरहेका खेलाडी रहनेछन्। यस ग्रेडमा रहेका खेलाडीको न्युनतम मूल्य २५ हजार राखिएको छ।

यस्तै ग्रेड बी मा पछिल्लो दुई वर्षयता राष्ट्रिय टिममा नपरेका, क्याम्पमा परेका, पूर्व राष्ट्रिय खेलाडी र यू-१९ राष्ट्रिय टिमका खेलाडीहरु रहनेछन्। यस ग्रेडमा रहेका खेलाडीको न्यूनतम मूल्य १५ हजार रहेको छ।

यस्तै ग्रेड सी मा क्षेत्रिय एवमं जिल्ला स्तरिय देखि क्लब लेभलमा खेलेका खेलाडीहरु रहनेछन् यस ग्रेडको खेलाडीको न्यूनतम मूल्य १० हजार रहेको छ।

लिग खेल्न चाहने खेलाडीहरुले आयोजकको आधिकारिक वेवसाइट एनसिएलटी२० मा गएर आफ्नो नाम दर्ता गराउने सक्नेछन्। दर्ताको लागि ५०१ शुल्क राखिएको छ भने इसेवाबाट पैसा बुझाउन सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell