PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रिमियर लिग : टोटनहम बर्नलीसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहम बर्नलीसँग पराजित

प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको टोटनहम हट्सपर बर्नलीसँग पराजित भएको छ। शनिवार भएको खेलमा बर्नलीले टोटनहमलाई घरेलु मैदानमा २-१ ले पराजित गरेको हो।

बर्नलीका लागि क्रिस उडले ५७औँ र एस्ले बार्न्सले ८३औँ मिनेटमा गोल गरे। टोटनहमका लागि ६५औँ मिनेटमा ह्यारी केनले गोल गरेका थिए।

हारपछि टोटनहमले म्यानचेष्टर सिटी र लिभरपुलसँग अंकदूरी कम गर्ने मौका गुमाएको छ। २७ खेलबाट ६५ अंक रहेको सिटी गोलअन्तरमा अगाडी रहँदै पहिलो स्थानमा छ भने एक खेल कम खेलेको लिभरपुल समान अंकसहित दोस्रोमा छ। २७ खेलबाट ६०अंकसहित टोटनहम तेस्रोमा छ।

सिजनको आठौँ जितपछि २७ खेलबाट ३० अंक जोडेको बर्नली १३औँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell