PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाँच वटा प्रदेशका नौ जिल्लाका एनसेल टावरमा एकसाथ आक्रमण कसले गर्‍यो?



पहिलोपोस्ट

पाँच वटा प्रदेशका नौ जिल्लाका एनसेल टावरमा एकसाथ आक्रमण कसले गर्‍यो?

काठमाडौँ : पाँच वटा प्रदेशका नौ वटा जिल्लाहरुमा रहेका एनसेल टावर र भवनमा फागुन १० गते राति एकैसाथ आक्रमण भएको छ। आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि दल वा समूहले लिएको छैन। 

शुक्रबार राति प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका टावरहरुमा आक्रमण गरिएको थियो। त्यसमध्ये ललितपुरको नख्खुस्थित एनसेल कार्यालय भवन बाहिर भएको विस्फोटमा हालसम्म एक जनाको मृत्यु भएको छ भने दुई जनाको उपचार भइरहेको छ। 

कुन कुन ठाउँमा आक्रमण भए?

प्रदेश नम्बर २ 

  • रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैँडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको। क्षति : सामान्य

प्रदेश नम्बर ३

  • घटना १ : काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी। क्षति : जेनेरेटरमा सामान्य क्षति पुगेको।
  • घटना २ : ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा राति ८ बजे विस्फोट गराएको। क्षति: एक जनाको मृत्यु ,दुई घाइते भएको।

गण्डकी प्रदेश

  • घटना १ : फागुन १० गते राति बाग्लुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको। बाग्लुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको। क्षति: मानवीय र अन्य ठूलो क्षति नभएको।
  • घटना २ : राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका, डाँडाको नाकस्थित एनसेलको टावरमा आगजनी भएको। क्षति : टावर जलेको
  • घटना ३ : राति ९ बजेतिर पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरेको। क्षति : आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको र नवलपुर क्षेत्रमा एनसेलको नेटवर्कले काम गर्न छाडेको।

प्रदेश नम्बर ५

  • घटना १ : रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको।
  • घटना २ : राती सवा १० बजे नेकपा (विप्लव)समूह का कार्यकर्ता जिल्ला सेक्रेटरी दिलबहादुर घर्तीको नेतृत्व मा ४ जना को समूह ले प्युठान स्वर्गद्वारी नगरपालिका ३ थामुडांडास्थित  एनसेल टावर को जेनेरेटर कम्पिटर मेसिनहरु मा पेट्रोल छर्की आगजनी गरी क्षति पुर्‍याई भागेको। 

सुदूरपश्चिम प्रदेश

  • कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि आगजनी गरेको।

यी आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिए पनि प्युठानमा भएको घटनामा प्रहरीले विप्लव समूहका कार्यकर्ताकै संलग्नता रहेको किटान गरेको छ। यसैगरी कञ्चनपुरमा एउटा पर्चा भेटिएको छ, जसमा कुनै दल वा समूहको नाम नभई जय जनता मात्र लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell