PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आयरल्याण्डमाथि अफगानिस्तानको रन वर्षा, टी २० अन्तर्राष्ट्रियमा बन्यो तीन रेकर्ड



पहिलोपोस्ट

आयरल्याण्डमाथि अफगानिस्तानको रन वर्षा, टी २० अन्तर्राष्ट्रियमा बन्यो तीन रेकर्ड

अफगानिस्तानले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन नयाँ रेकर्ड बनाएको छ। आयरल्याण्ड विरुद्धको टी २० अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानले टी २० कै सर्वाधिक स्कोर बनायो भने पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी मसेत गर्‍यो।

देहदुरानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७८ रन बनाउँदै अष्ट्रेलियाको रेकर्ड ब्रेक गर्‍यो। यसअघि अष्ट्रेलियाले २०१६ मा श्रीलंका विरुद्ध २६३ रन बनाएको थियो।

रेकर्ड बनाउने क्रममा अफगानिस्तानका लागि हजरतुल्लाह जजईले ६२ बल मात्र खेल्दै नटआउट १६२ रन बनाए। उनले ११ चौका र १६ छक्का प्रहार गरे।

जजई र उस्मान घानीले पहिलो विकेटका लागि २३६ रनको साझेदारी गर्दै टी २० मा कुनै पनि विकेटका लागि सर्वाधिक रनको साझेदारी गरे। यसअघि उच्च साझेदारीको रेकर्ड अष्ट्रेलियाका आरोन फिन्च र डीबर्ची डर्टको नामम थियो। यो जोडीले जिम्बावे विरुद्ध पहिलो विकेटका लागि २२३ रनको साझेदारी गरेको थियो।

जजईदे एकै इनिङेसमा प्रहार गरेको १६ छक्का पनि नयाँ रेकर्ड हो। यसअघि फिन्च ले नै इंगल्याण्ड विरुद्ध सन् २०१३ मा  एकै इनिङ्समा १४ छक्का प्रहार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell