PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डीपीएल ३ : सन्नी पटेल प्लेअर अफ दि सिरिज, दिपेन्द्र ऐरी मोस्ट भ्यालुएबल प्लेअर



पहिलोपोस्ट

डीपीएल ३ : सन्नी पटेल प्लेअर अफ दि सिरिज, दिपेन्द्र ऐरी मोस्ट भ्यालुएबल प्लेअर
Photo : Dhangadhi Cricket Academy

धनगढी : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल ३ को च्याम्पियन टिम सिवाइसी अत्तरियाले व्यक्तिगत विधातर्फको अवार्ड पनि क्लिन स्विप गरेको छ।

अत्तरियाका खेलाडीले दुई महत्वपूर्ण अवार्ड प्लेअर अफ दि सिरिज, मोस्ट भ्यालुएबल प्लेअरसँगै बेस्ट ब्याट्सम्यान र बेस्ट बलरको अवार्ड समेत जिते।

अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी मोस्ट भ्यालुएबल प्लेअर घोषित हुँदा सन्नी पटेल प्लेअर अफ दि सिरिज घवषित भए।

यस्तै सर्वाधिक रन बनाए सन्नी बेस्ट ब्याट्सम्यान र सर्वाधिक विकेट लिएका भुवन कार्की बेस्ट बलर घोषित भए।

 

प्लेअर अफ दि सिरिज : सन्नी पटेल

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सन्नी पटेल प्लेअर अफ दि सिरिज घोषित भए।

सन्नीले अत्तरियालाई च्याम्पियन बनाउन फाइनल खेलमा आक्रमक ब्याटिङ गर्दै नटबउट ४७ रन बनाए। सन्नीले प्रतियोगिताभर ७ खेल खेल्दा ब्याटिङमा सर्वाधिक २०२ रन बनाएका थिए भने बलिङमा ९ विकेट लिएका थिए। सन्नीले नगद २ लाख प्राप्त गरे।

 

मोस्ट भ्यालुएबल प्लेअर : दिपेन्द्र सिंह ऐरी

सिवाइसी अत्तरियालाई पहिलो पटक डीपीएलको उपाधि जिताउने कप्तान बनेका दिपेन्द्र सिंह ऐरी डीपीएल ३ को मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

दिपेन्द्रले डीपीएल ब्याटिङ बलिङ र फिल्डिङ सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ब्याटिङमा एक अर्धशतकसहित १६८ रन बनाए। उनी सर्वाधिक रन बनाउनेमा सन्नी पछि दोस्रो स्थानमा रहे। यस्तै बलिङमा दिपेन्द्रले ७ खेलबाट १० विकेट लिएका थिए।

दिपेन्द्रले गोल्डस्टार गोल्डेन बुट प्राप्त गरे।

 

बेस्ट ब्याट्सम्यान अफ दि टुर्नामेन्ट : सन्नी पटेल

फाइनलमा छक्का प्रहार गर्दै अत्तरियालाई च्याम्पियन बनाएका सन्नी पटेल प्रतियोगिता बेस्ट ब्याट्सम्यान घोषित भए। उनले ७ खेल खेल्दै एक अर्धशतकको मद्दतमा सर्वाधिक २०२ रन बनाए। उनले फाइनलमा पनि नटआउट ४७ रन बनाएका थिए। बेस्ट ब्याट्सम्यान सन्नीले नगद १ लाख प्राप्त गरे।

 

बेस्ट बलर अफ दि टुर्नामेन्ट : भुवन कार्की

च्याम्पियन टिम सिवाइसी अत्तरियाका भुवन कार्की डीपीएल ३ का बेस्ट बलर घोषित भए। उनले ७ खेल खेल्दै ललितसिंह भण्डारीसँगै सर्वाधिक १४ विकेट लिएका थिए। बेस्ट बलर भुवनले नगद १ लाख हात पारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell