PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तरकारी बजार उद्घाटन गर्दै प्रचण्डले भने: सुनको टुक्रा हामीसँगै छ, युवाहरु विदेश जान तछाडमछाड नगरौं



तरकारी बजार उद्घाटन गर्दै प्रचण्डले भने: सुनको टुक्रा हामीसँगै छ, युवाहरु विदेश जान तछाडमछाड नगरौं

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमै सम्भावना भएकोले विदेश जान तछाडमछाड नगर्न युवालाई आग्रह गरेका छन्।

आज भक्तपुरस्थित गठ्ठाघरमा भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त आग्रह गरेका हुन्।

बजार खुलेपछि किसानले फाइदा उठाउन पाउने भए र जनताले ताजा सामान पाउने उल्लेख गर्दै उनले भने, 'अर्गानिक खेती गरे जनताले पनि सुविधा पाउने भए
जो विदेश जान तछाडमछाड गरेका छन्। गाउँमै बसेर टिम बनाएर यस्तै सिर्जनात्मक काम गरेमा राम्रो हुन्छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले युवाहरु विदेशिएको देख्दा आफै खेती गर्न हिँडौ कि जस्तो लाग्नेसमेत बताए। भने, 'कहिलेकही परिस्थिति हेरेर दिक्क पनि लाग्छ। आफै खेती गर्न हिँडौ कि जस्तो लाग्छ।'

उनले सुनको टुक्रा देशमै भएको उल्लेख गर्दै युवालाई सोच परिवर्तन गर्नसमेत आग्रह गरे। 'सुनको टुक्रा हामीसँगै छ। हामीसँग जति प्राकृतिक स्रोत अरुसँग छैन। तैपनि हामी नै गरिब। त्यसैले हाम्रो सोचमा परिवर्तन आवश्यक छ।'

यसबारेमा एकपटक युवाले निधार खुम्च्याएर सोच्नुपर्ने बेला आएको उनको भनाई थियो। प्रचण्डले राज्यले पनि किसानलाई आवश्यक सुविधाहरु उपलब्ध गराउन सहयोग गर्नुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell