PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नख्खु विस्फोटमा घाइते प्रतीक्षा भन्छिन्, 'बम पड्केको ठाउँमा कोही घाइते देखिनँ, घर पुग्दा आफ्नै पातोमा कुकरको सिट्ठी पसेको रहेछ'



नख्खु विस्फोटमा घाइते प्रतीक्षा भन्छिन्, 'बम पड्केको ठाउँमा कोही घाइते देखिनँ, घर पुग्दा आफ्नै पातोमा कुकरको सिट्ठी पसेको रहेछ'

  • प्रतीक्षा खड्का-

म श्रीमानसँगै बाइकमा थिएँ। किनमेल गरेर घर फर्कदै थियौं। नख्खुमा आउँदा केही पड्केको आवाज आयो। बाइक रोकेर हेर्‍यौं। धुवा नै धुवाँ देखियो। अरु केही देखिएन।  मान्छे घाईते भएको पनि देखेनौ। सिसा फुटेको टुक्रा र मान्छेको भिड चाहिँ थियो।

केही पड्केको होला भनेर हामी बागडोलस्थित घर लाग्यौ। घर जादा रिँगटा लाग्यो। पछाडिबाट केहीले छेडेको रहेछ। रगत आइरहेको थियो। अनि ट्याक्सी चढेर अल्का अस्पताल गयौं। हामी नख्खुबाट ३ मिनेटमा घर पुगेका थियौ। घरबाट केही बेरमै अल्का अस्पतालतिर लाग्यौ। १५ मिनेटमा जतिमा अस्पताल पुगियो। 

त्यहा एक्सरे गरेपछि गंगालाल जानू भने। तर हामी मेडिसिटी नजिक हुन्छ भनेर यतै आयौं।

यहाँ आइपुगेपछि फेरि एक्सरे गरे।  पछाडिबाट कुकरको सिट्ठी छिरेको रहेछ।

त्यसपछि अपरेसन भयो। १ बजे सुरू भएको अपरेशन तीन बजे सकिएछ।

कसले यस्तो गर्‍या होला। किन पड्काको होला?

धन्न बाँचियो।

अहिले ठीक छु। इन्फेक्सन नभए एक हप्तामा ठीक हुन्छ भनेका छन डाक्टरले।

(नख्खु विस्फोटमा घाइते खड्कासँग पहिलोपोस्टकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित।)

सम्बन्धित समाचार

नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell