PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतीय सेनाको 'एरो इन्डिया शो' स्थल नजिकै पार्किङमा आगो लाग्दा सयभन्दा बढी कार जल्यो 



भारतीय सेनाको 'एरो इन्डिया शो' स्थल नजिकै पार्किङमा आगो लाग्दा सयभन्दा बढी कार जल्यो 

बैंगलुरु: भारतको एअर एन्डिया शो कार्यक्रम स्थलमा रहेको पार्किङमा आगलागी हुँदा सयभन्दा बढी कार जलेको छ। घाँसमा सल्केको आगो कारमा फैले पछि आगोले ठुलो रुप लिएको बताइएको छ। आगलागीमा परी मानवीय क्षति नभएको र विमानहरु पनि सुरक्षित रहेको भारतीय समाचारहरुले जनाएको छ। 

दमकल विभागका अधिकारीहरुका अनुसार कुनै कारबाट लिक भएको पेट्रोलबाट आगो सल्केको हुन सक्छ। एअर इन्डियाको प्रदर्शनको अन्तिम दिन दर्शकको घुइचो लागेको थियो। बिहानी प्रदर्शन सकिए लगत्तै आगलागी शुरु भएको जनाइएको छ।

यस शोको रिहर्सलको समयमा पनि दुई विमान आपसमा जुध्दा एक पाइलटको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell