PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नख्खु विस्फोटको आशंकामा अहिलेसम्म ६ जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

नख्खु विस्फोटको आशंकामा अहिलेसम्म ६ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ : ललितपुर महानगरपालिका ४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति विष्फोट गराएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

यसरी प्रहरीको नियन्त्रणमा पर्नेमा एनसेल कार्यालयकै दुई जना सुरक्षा गार्डसमेत रहेका छन्। तर उनीहरुको संलग्नताबारे अहिलेसम्म प्रष्ट खुलिसकेको छैन। प्रहरीको बयानमा उनीहरुले केही कुरा झुट बोलेकाले प्रहरीले उनीहरुमाथि पनि अनुसन्धान जारी राखेको छ। ‘उनीहरुको व्यवहार केही शंकास्पद भएकाले हामीले अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले भने।

प्रहरीले पक्राउ गरिएकाहरुको नाम भने गोप्य राखेको छ। विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ। उनको पाटन अस्पतालमा पोस्टमार्टम हुँदैछ। विस्फोटमा परी घाइते भएका अन्य दुई जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले चाडै वम राख्ने व्यक्ति पत्ता लाग्ने दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell