PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनमोल केसीभन्दा अब्बल आशिरमान जोशी- हेमराज बिसी



पहिलोपोस्ट

अनमोल केसीभन्दा अब्बल आशिरमान जोशी- हेमराज बिसी

निर्देशक हेमराज बिसी निर्देशित 'होस्टल' र 'जेरी'मा अभिनेता रहेका थिए अनमोल केसी। त्यस्तै बिसीकै अर्को फिल्म 'ग्याङ्स्टर ब्लूज'मा काम गरे आशिरमान देशराज जोशीले। यति बेला आशिरमान अभिनित 'दि ब्रेकअप' र अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन' रिलिज टार्गेट एउटै अर्थात् फागुन १७ रहनु गसिपको विषय बनेको छ।

'होस्टेल' फिल्मबाट निर्देशनमा आएका हेमराज स्वयंका लागि पनि क्याप्टेन प्रतिस्पर्धात्मक बन्न सक्छ। भलै अनमोललाई बिसीले स्टार बनाएको भन्नेहरु पनि छन्।

अनमोल स्टारर बन्नुको क्रेडिट तपाईँलाई जान्छ भनिन्छ नि? भन्ने प्रश्नमा हेमराज भन्छन्, 'स्टार दर्शकले बनाउने हो कुनै निर्देशकले होइन, मैले अनमोललाई स्टार बनाएको होइन।' आफ्नो काम राम्रो फिल्म बनाएर दर्शकलाई दिने भएको बताउँछन् उनी। साथै उनले आफ्नो कथा तथा निर्देशनमा सुहाउने कलाकार राख्न पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

'दि ब्रेकअप'मा कामका हिसाबले पर्फेक्ट लागेकै कारण आशिरमान जोशी चयन गरेको उनको तर्क छ। उनले दुई अभिनेतासँग काम गरेको अनुभवका आधारमा भने, 'अभिनयको अब्बलतामा आइ विल गो विथ आशिरमान। व्यवहार दुबैको राम्रो छ, प्रफमेन्सको हिसाबले स्कृप्ट अनुसार काम दुबैले राम्रो दिनसक्छन्', हेमराजले थपे, 'ग्याङ्गस्टर ब्लूजदेखि ब्रेकअपसम्म आउँदा आशिरले गरेको कामबाट म प्रभावित छु।'

अनमोलबाट 'होस्टेल' 'जेरी'मा जुनप्रकारको काम निकाल्न सकेँ त्यो भन्दा राम्रो काम आज आशिरमानबाट पाएको भन्दै भोलीको दिनमा अनमोलसँग काम गर्दा त्यो भन्दा बेटर निकाल्ने प्रयत्न हुने बताए। उनले भने, 'समयक्रममा काममा निखारता आउने न हो।'  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell