PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नख्खु विस्फोट अपडेट : सिंहप्रसादको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा



सागर बुढाथोकी

 नख्खु विस्फोट अपडेट : सिंहप्रसादको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा

ललितपुर : विस्फोटमा परी ज्यान गुमाएका सिंहप्रसाद गुरुङको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। एनसेल कार्यालयमा भएको विस्फोटमा परेका गुरुङको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। आफ्नै गाडी चलाएर जाँदा विस्फोटको सिकार भएका उनी रिटायर्ड सिंगापुरका सुरक्षाकर्मी हुन्।

पाटनमा पोस्टमार्टमका लागि लगिए पनि परिवारले शव नबुझ्ने अडान भने यथावत राखेका छन्। गृहमन्त्री रामबहादुर थापाले आज बिहान मृतकका आफन्त र घाइतेका परिवारसँग भेटेर उपचार खर्च तथा राहत रकम उपलब्ध गराउने आश्वासन दिएका थिए।

गृहमन्त्रीको मौखिक आश्वासनकै भरमा मात्र नहुने भन्दै आफन्तले शव नबुझ्ने बताएका थिए। 

आज बिहान गृहमन्त्री थापा अस्पताल पुगेका थिए। 

नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। उनको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो।

विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए।

गुरुङका दुई छोरी र एक छोराका छन्। उनको मृत्युको खबर सुनेपछि लमजुङ र पोखराबाट उनका बहिनी र भाउजु बिहानै अस्पताल आइपुगेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell