PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नख्खु विस्फोटमा परी मृत्यु भएका गुरुङका छोरा कक्षा ६, छोरी कक्षा १ मा पढ्दै, अस्पतालमा रुवाबासी



सागर बुढाथोकी

नख्खु विस्फोटमा परी मृत्यु भएका गुरुङका छोरा कक्षा ६, छोरी कक्षा १ मा पढ्दै, अस्पतालमा रुवाबासी

काठमाडौं: ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।

विस्फोटमा गम्भीर घाइते भएका उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। घाइते उनलाई अल्का, बिएन्डबी हुँदै मेडिसिटी ल्याइएको थियो।

गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन्। नख्खुमै घर भएका उनी आफ्नै गाडीमा घरतिर फर्कँदै गर्दा विस्फोटमा परी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुई छोरी र एक छोराका बुवा उनको मृत्युको खबर सुनेपछि लमजुङ र पोखराबाट उनका बहिनी र भाउजु बिहानै अस्पताल आइपुगेको सिंहका भाउजु धनकुमारी गुरुङले सुनाईन्।

धनकुमारीले रुँदै भनिन्, 'कान्छो देवरलाई यस्तो भएको थाहा पाउने बित्तिकै आएका। राति तीन बजे हिडेको।'

धनकुमारीका अनुसार सिंहप्रसादकी जेठी छोरी अस्ट्रेलियामा छिन भने छोरा यही कक्षा ६ मा पढ्दैछन्। एउटी सानी छोरी कक्षा १ मा पढ्दैछिन्। चार दाजुभाइ मध्ये कान्छो सिंहका दुई जना दाई अस्पताल आइपुगेका छन्। एकजना दाई बेलायतमा रहेका छन्। उनका ६ वटा दिदी बहिनी छन्।

उनको शव पोस्टमार्टमका लागि पाटन लाने तयारी भइरहेको छ। घटनापछि बेहोस भएकी उनकी श्रीमती अस्पतालमा आइपुगेकी छैनन्।

सरकारले क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतकको आफन्तको अडान रहेको छ।

सम्बन्धित समाचार

अपडेट: नख्खु विस्फोटमा घाइते गुरुङको मृत्यु, यस्तो छ अरु दुईको स्वास्थ्य अवस्था

राजधानीमा शुक्रबार राति फैलिएको आतंक : नख्खुमा तीन जना घाइते हुने गरी विस्फोट, नक्सालमा डिस्पोज

अपडेट : नख्खु विस्फोटमा घाइते एक जनालाई भेन्टिलेटरमा राखियो, थप एकको अवस्था गम्भीर

नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन पैदल यात्रु घाइते

नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'

नख्खु विस्फोटमा परी मृत्यु भएकालाई क्षतिपूर्ति र घाइते भएकाको उपचार खर्च सरकारले व्योहर्छ: गृहमन्त्री थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell