PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'



सागर बुढाथोकी

नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'
वम विस्फोटमा घाइते भएकी प्रतीक्षा खड्काका श्रीमान रितेश मेडिसिटी अस्पतालमा।

ललितपुर: शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा घाइते नर्स प्रतीक्षा खड्का घाइते भइन्। अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

बम विस्फोट हुँदा श्रीमानसँगै बाइकमा आएकी उनले आफू घाइते भएको भने पत्तै पाइनन्।

उनका श्रीमान रितेशका अनुसार राति ८ बजे उनीहरु नख्खुबाट फर्किँदै थिए। बागडोलतिर फर्कँदै गर्दा एनसेल कार्यालय बाहिर चर्को आवाजको सामना गरे। उनीहरु ट्रान्समिटर पड्के होलान् भनी घर लागे।

रितेशले भने, '८ बजेको थियो। मैले बाइक चलाएको थिए। नख्खुबाट फर्किदै थियौ। उनी बाईकको पछाडी थिइन्। बाइक चलाउदै गर्दा पड्केको आवाज आयो। एकछिन रोकेर हेरें। सिसाहरू यतातेता छरिएका थिए। मान्छे लाई केही भाको देखेनौ।  ट्रान्समिटर पड्केको होला भनेर घर गयो। घर पुगेपछि प्रतीक्षाले दाहिने हातबाट रगत आयो भनी। रिंगटा पनि लाग्दैछ भनेपछि अस्पतालतिर दौडियौ।'

त्यतिबेला मेडिसिटीको बाटो बन्द भइसकेको उनले बताए। त्यसपछि जाउलाखेलस्थित अल्का अस्पताल पुर्‍याएको उनले सुनाए। भने, 'मेडिसिटी ल्याउन बाटो ब्लक थियो। अनि अल्का अस्पताल लगें। त्यहाँबाट गंगालाल लानु भने। हामीले मेडसिटी ल्यायौं। राति साढे ९ बजे यहाँ ल्यायौं। एक्सरे गर्दा प्रेसर कुकुरको सिटी दाहिने हातको पछाडिको पातोमा छिरेको देखियो। बिहान १ बजे अपरेशन गरेर सिट्ठी निकालियो। तीन बजे अपरेशन सकियो। अहिले अवस्था सामान्य छ।'

सिट्ठी निकालेपछि खतरामुक्त भएको रितेशले सुनाए। भने, 'त्यही सिट्ठीले ईन्फेक्सन हुने डर थियो। त्यो निकालियो।अब डराउुनु पर्ने अवस्था छैन भन्नुभाछ डाक्टरले। मैले भर्खर भेटेर आए।'

सम्बन्धित समाचार

अपडेट: नख्खु विस्फोटमा घाइते गुरुङको मृत्यु, यस्तो छ अरु दुईको स्वास्थ्य अवस्था

राजधानीमा शुक्रबार राति फैलिएको आतंक : नख्खुमा तीन जना घाइते हुने गरी विस्फोट, नक्सालमा डिस्पोज

अपडेट : नख्खु विस्फोटमा घाइते एक जनालाई भेन्टिलेटरमा राखियो, थप एकको अवस्था गम्भीर

नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन पैदल यात्रु घाइते



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell