PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्रीलाई अस्ट्रियाकी मन्त्रीको सरप्राइज बर्थ डे गिफ्ट - चकलेट



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई अस्ट्रियाकी मन्त्रीको सरप्राइज बर्थ डे गिफ्ट - चकलेट

काठमाडौं : नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी परराष्ट्र मन्त्री कारिन केन्सलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेकी छिन्। 
भेटका क्रममा अष्ट्रियाकी मन्त्री कारिनले प्रधानमन्त्री ओलीलाई सरप्राइज बर्थडे गिफ्ट दिएकी छिन्।


उनले प्रधानमन्त्री ओलीका लागि अष्ट्रियाबाटै चकलेट बोकेर आएकी थिइन्। मन्त्री कारिनले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै चकलेट उपहार दिइन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिएर उपहार पाएको चकलेट सबैलाई बाँडे।

यसैबीच भेटका क्रममा मन्त्री कारिनले नेपालले पुनःनिर्माणका क्षेत्रमा गरेको उपलब्धिको प्रसंसा गरेकी थिइन्। भने नेपालको विकास यात्रामा अष्ट्रियाको साथ रहने प्रतिवद्धता जनाइन्। 

प्रधानमन्त्री ओलीले नेपाललाई सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग पुग्ने आशा व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटका क्रममा दुई देशबीचको सम्बन्ध र महिला अधिकारका विषयमा छलफल भएको जनाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell