PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गृहमन्त्रीकै प्रश्न : ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको? 



पहिलोपोस्ट

गृहमन्त्रीकै प्रश्न : ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको? 

काठमाडौँ : बुधवार राष्ट्रिय सभामा सम्वोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी संगठनको संजाल ध्वस्त भइसकेको दावी गरेका छन्।

तर, सांसदले भने गृहमन्त्री थापाले भने झै सुन तस्करीको संजाल ध्वस्त नभएको तर्फ गरेका छन्।

सांसद सरिता प्रसाईले बुधवार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरिन् - ३३ किलो सुन पक्राउ गरेको कति भयो? कति मान्छे जेलमा छन्? कति मरिसके? अझै पनि ठूलो माछा समात्न सक्नु भएको छैन। 

सासदको जवाफ दिन रोष्टममा पुगेका थापाले उल्टै संसदलाई लक्षित गर्दै सोधे - ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको हो? मन्त्री वा राजनीतिज्ञलाई? 

गृहमन्त्रीले त्यसपछि व्याख्या थाले, 'ठूलो माछोको कुरा फेरि पनि आयो। ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको स्पष्ट भएन। ठूला माछा भनेर कहीँ मन्त्रीहरु वा राजनीतिक व्यक्तिलाई इंकित हो कि? स्पष्ट भएन। ३३ किलो सुनका लगानीकर्ता र अन्य व्यक्ति कठघरामा आएका छन्।'

तर, केही समयमा फेरि गृहमन्त्री थापाले नै केही ठूला माछा कानुनको कठघरा भन्दा बाहिर रहेको बताए। गृहमन्त्री थापाले पछिल्लो समय सुन तस्करी गर्ने नयाँ रुढको पहिचान गरी कारवाही भइसकेको समेत दावी गरेका थिए। गृहमन्त्रीको यो दावी सार्वजनिक हुनु केही दिनअघिमात्रै २४ किलो सुन कंचनपुरमा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell