PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चार स्थानबाट एकैसाथ क्रान्तिकारी माओवादीको मेची महाकाली अभियान शुरु



विधुर ढकाल

चार स्थानबाट एकैसाथ क्रान्तिकारी माओवादीको मेची महाकाली अभियान शुरु

काठमाडौं: देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले मेचिमहाकाली अभियान शुरु गरेको छ। आज एकैपटक चार स्थानबाट देजमोले अभियान शुरु गरेको हो।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा देजमोले संघीय जनगणतन्त्रका लागि संघर्षको आधार तयार गर्न अभियान चालउन लागेको देजमोका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जानकारी दिए।

आज एकैपटक काठमाडौं कञ्चनपुर, झापा र कास्कीबाट अभियान सुरु गरिएको हो।

काठमाडौंको शान्तिवाटिकामा दिउँसो पार्टीका प्रदेश ३ का इञ्चार्ज दिनेश शर्माले उद्घाटन गरे। शान्तिवाटिकाबाट महासचिव मोहन वैद्य ‘किरण’ले उद्घाटन गर्ने भनिएको थियो। तर उनको स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित भएनन्।

त्यस्तै झापाबाट अभियानको सुरुवात देजमोका अध्यक्ष गजुरेलले गरेका छन्। कञ्चनपुरबाट स्थायी कमिटीका सदस्य परि थापा र पोखराबाट स्थायी कमिटीका सदस्य रामसिंह श्रीसले उद्घाटन गरेका छन्।

आज चार स्थानबाट सुरु भएको अभियान फागुन २१ गते चितवनमा पुगेर सकिने छ। चारै तिरबाट आएको अभियान टोलीयसबीच पर्ने मुख्य शहरहरुमा सभा गर्दै चितवन पुग्ने अध्यक्ष गजुरेलले जानकारी दिए।

देजमोले गत फागुन २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको ९४ बुँदे माग सम्बोधन नभएको र मह्रगी, भ्रष्टाचार लगायतका विषय नियन्त्रण बाहिर गएको भन्दै आन्दोलनका कार्यक्रम तय गरेको छ।

‘सरकार बने लगत्तै हामीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुजायौँ। त्यतिवेला प्रधानमन्त्रीले सबै माग जायज भएको र फेरी यिनै माग लिएर आउनुनपर्ने बताएका थिए,’ उनले भने, ‘तर सरकार झन मागहरु विपरित अगाडि बढिरहेको छ, मत्ता हात्ती जस्तो भएर। देशको स्थिती झन विकराल बन्दै गएको छ।’

मेची–महाकाली अभियानलाई देजमोको पहिलो राष्ट्रिय सम्मेलनको पूर्वतयारीको रुपमा लिइएको छ। देशमोले जनआन्दोलन दिवसको सन्दर्भ पारेर आगामी चैत २४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell