PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शंखमुलको शंख पार्कमा खुल्यो नेपालको पहिलो पार्क पुस्तकालय



शंखमुलको शंख पार्कमा खुल्यो नेपालको पहिलो पार्क पुस्तकालय

ललितपुर: ललितपुरको जगत गुरु आश्रमस्थित शंख पार्कमा पार्क पुस्तकालय स्थापना भएको छ। आज ललितपुर महानगरपालिका वडा ९ का वडाध्यक्ष राजु महर्जनले पार्क पुस्तकालयको उद्घाटन गरेका हुन्।

पुस्तकालय अभियन्ता तथा लेखक विकु लामा, भुवनसिह कुँवर, देवकी अभिलाषी र नवराज आचार्यको प्रयासमा पुस्तकालय स्थापना भएको आश्रमले जनायो।

पुस्तकालय उद्घाटनमा पुस्तकालय अभियन्ता लामाले समृद्ध समाजको सुचक पुस्तकालय भएको उल्लेख गर्दै शैक्षिक गतिविधि र शिक्षाको स्तरको मापन पुस्तकालयबाटै हुने बताए।

प्रवासमा रहेका र स्वेदशमा रहेका विभिन्न व्यक्तिहरुको सहयोगमा पुस्तकालय स्थापना गर्न सफल भएको उनको भनाई थियो। उनले यो नेपालकै पहिलो पार्क पुस्तकालय भएको दाबी गरे।

स्थानीय निर्वाचनपछि आफ्नो वडामा पुस्तकालय स्थापना भएकोमा वडाध्यक्ष महर्जनले खुसी व्यक्त गरे। महर्जनले आफूसँग भएको पुस्तकहरु प्रदान गर्ने बताए।

आश्रमका गुरु दुर्गम निरौलाले नेपालले पाएको पहिलो जगत गुरुको यस क्षेत्रमा पुस्तकालय स्थापना हुनु गर्वको कुरा भएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell