PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजीनामाबारे न्यायाधीश जोशीको रिप्लाइ : सबै जिम्मेबारीबाट हटाइयो, अनि किन बसिरहनु?



सविन ढकाल

राजीनामाबारे न्यायाधीश जोशीको रिप्लाइ : सबै जिम्मेबारीबाट हटाइयो, अनि किन बसिरहनु?

काठमाडौं : सर्वोच्च अदालतबाट विवादित न्यायाधीश दीपकराज जोशीले मंगलवार बिहान राजीनामा दिए। प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गर्नेबाहेक अन्य भूमिका नपाएका जोशीले पहिलोपोष्टसँग प्रतिक्रिया दिँदै भने, 'मलाई सबै जिम्मेवारीबाट हटाइयो। अनि म किन बसिरहनु त?'

प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो जसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेका थिएनन्। न्याय सम्पादनमा उनी सक्रिय नै रहेका थिए। तर, चोलेन्द्र शम्शेर जबरा प्रधान न्यायाधीशमा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनबाट अलग्याइएको थियो। 

‘प्रधान न्यायाधीशले सहजिकरणको बाटो खोलिदिनु भन्नुभएको थियो। मैले सहजीकरणको बाटो खोल्दिए,' जोशीले भने।
प्रधान न्यायाधीशमा सिफारिस भएपछि राणाले संसदीय सुनुवाइ समितिमा संसदीय समितिको निर्णयको सम्मान गर्ने बताएका थिए।

त्यसैअनुसार न्यायाधीश  जोशीका पहिलो दिनदेखि नै कुनै पनि इजलास तोकेका थिएनन्। यस्तै, प्रधान न्यायाधीश राणाले वरिष्ठतम न्यायाधीशका रुपमा न्याय परिषद सदस्यका हैसियतले जोशीले पाउने सुविधा नदिन सर्वोच्च प्रशासनलाई निर्देशन दिएका थिए। वरिष्ठताका आधारमा जोशी परिषद सदस्य पनि हुने संवैधानिक व्यवस्था रहेपनि राणाले त्यो हैसियत खोसुवा गरेका थिए। राणाले अदालतको कामकाजको विषयमा भने बोल्न मानेनन्। 

जोशीले भने, 'अदालत र मैले रहँदा हेरेको मुद्दाको विषयमा भने म केही बोल्न चाहन्न।'

प्रधान न्यायाधीशमा प्रस्तावित जोशी साउन १९ गते संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। त्यसपछि उनलाई राजीनाका लागि दबाब दिइए पनि राजीनामा दिएका थिएनन्। संवैधानिक परिषद्को बैठकले जोशीपछिका वरिष्ठ ओमप्रकाश मिश्रलाई प्रधान न्यायाधीशको लागि सिफारिश गरेको थियो। मिश्रपछि राणा प्रधान न्यायाधीश भएका हुन्। मिश्रले जोशीलाई मुद्दा हेर्न रोक लगाएका थिएनन्। जोशीले त्यही अवधिमा केही विवादित मुद्दाको सुनुवाई गरेका थिए।

उमेरका आधारमा आगामी जेठ सम्म उमेर हदका आधारमा उनको पदावधि बाँकी नै थियो। बाँकी समय कला र साहित्य क्षेत्रमा खर्चिने जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell