PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

राजसंस्था माग्न बालुवाटार पुगेको राप्रपालाई प्रधानमन्त्री ओलीको शुभकामना, 'माग पूरा गराउन 'आन्दोलन' गरिरहनुस्'



विधुर ढकाल

राजसंस्था माग्न बालुवाटार पुगेको राप्रपालाई प्रधानमन्त्री ओलीको शुभकामना, 'माग पूरा गराउन 'आन्दोलन' गरिरहनुस्'
फोटो: twitter.com/mohanrpp

काठमाडौं: प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठाएका माग पूरा गर्न आफ्ना गतिविधि जारी राख्न सुझाब दिएका छन्।

मंगलवार बालुवाटारमा २२ बुँदे मागपत्र बोकेर अध्यक्ष कमल थापा नेतृत्वमा पुगेको राप्रपाको प्रतिनिधि मण्डललाई प्रधानमन्त्री ओलीले शुभकामना समेत दिए।

राप्रपाले बुझाएको मागपत्रको पहिलो बुँदामा धर्म निरपेक्षता खारेजी र दोस्रो बुँदामा राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग गरिएको छ।

प्रधानमन्त्री ओलीले यी मागहरु प्रति इंगित गर्दै भने, 'तपाईँहरुका कतिपय मागहरु राजनीतिक माग छन्। यी मागलाई स्थापित गराउनका लागि आफ्ना गतिविधि गरिरहनुस् यहाँलाई शुभकामना छ।'

उनले राप्रपाले उठाएका जनजीविकाका मुद्दामा सरकार सकरात्मक रहेको जवाफ दिएका थिए।

'उहाँले हाम्रा मागहरु प्रति सकरात्मक रहेको बताउनुभयो,' राप्रपाका नेता मोहन श्रेष्ठले भने, 'कतिपय मागहरु पूरा हुने क्रममा छन्। हामी त्यसमा अगाडि बढेका छौँ र पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो।'

ओलीले राप्रपाको आवश्यकता देशलाई रहेको र भविष्य उज्वल रहेको भन्दै शुभकामनासमेत दिएको उनले बताए। 'तपाईहरु प्रजातान्त्रिक पार्टी हो। राप्रपा देशको लागि आवश्यक छ। तपाईँहरुलाई शुभकामना छ तपाईँहरुको भविष्य उज्ज्वल छ।'

यो पनि:राप्रपाले प्रधानमन्त्रीलाई बुझायो २२ बुँदे माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell