PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुदूरपश्चिमका प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा समस्या, नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइयो



एम बम

सुदूरपश्चिमका प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा समस्या, नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

कैलालीः सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ लगिएको छ। छातीमा समस्या आएपछि हिजो मल्ललाई धनगढीको निसर्ग अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उनको उपचार सम्भव नभएपछि राति करिब १२ बजेतिर उनलाई नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

निसर्ग अस्पताल प्रशासनले आइतबार बेलुका एक विज्ञप्ति जारी गरेर मल्लको अवस्था चिन्ताजनक रहेको जनाएको थियो। विज्ञप्ति अनुसार मल्लको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर रहेको बताइएको थियो।

मल्ललाई महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारार्थ भर्ना  गरिएको र स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको उनका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिए।

'अहिले उहाँले कुरासमेत गर्न थाल्नु भएको छ' अवस्थीले भने।

७१ वर्षीय मल्लको रगतमा सङ्क्रमण भएको र रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell