PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

पशुपति शर्माले गीत डिलिट गरेर ठीक गर्नुभयो: बद्री पंगेनी



पहिलोपोस्ट

पशुपति शर्माले गीत डिलिट गरेर ठीक गर्नुभयो: बद्री पंगेनी

काठमाडौं: लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन्। विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन्।

उनले भनेका छन् 'पशुपति जीले पहिला पनि विकृति विसंगति, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ। यसपालीको गीतमा भने केही शब्दहरु परिमार्जित गरेर फेरि अप्लोड गर्ने निर्णयसहित गीत डिलिट गर्नुभयो। मलाई लाग्छ, उहाँले जे गर्नु गरिराख्नु भएको छ, ठिक गर्नु भएको छ।'

पशुपतिको निर्णयमा नै प्रतिष्ठानको पनि सहमति रहेको उनले बताए। 'यो घट्नाप्रति पशुपति जीलाई जे लाग्छ संघलाई त्यही लागेको छ। उहाँ फेरि गीत अप्लोड गर्ने तयारीमा हुनुहन्छ' उनले भने। 

पशुपतिले आफ्नो युट्युब च्यानलबाट गीत हटाएसँगै सामाजिक सञ्जालमा 'लुट्न सके लुट' भाइरल नै भएको छ। अब, सामाजिक सञ्जाल र युट्युबका गीतलाई संघ र पशुपति आफैले पनि केही गर्न नसक्ने उनी बताउँछन्।

सम्बन्धित समाचार

सत्ता समर्थकको आक्रोशित प्रतिक्रियापछि पशुपति शर्माले युट्युबबाट हटाए 'लुट्न सके लुट' गीत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell