PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राजस्व चुहावट अभियोगमा १७ करोड बिगो दाबीसहित भारतीय नागरिक सहनीविरुद्ध मुद्दा दायर



पहिलोपोस्ट

राजस्व चुहावट अभियोगमा १७ करोड बिगो दाबीसहित भारतीय नागरिक सहनीविरुद्ध मुद्दा दायर

काठमाडौँः राजस्व अनुसनधान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोपाइटर भारतीय नागरिक अमित कुमार सहनीविरुद्ध १८ करोड ९८ लाख रुपैयाँ राजस्व हिनामिनाको मुद्दा दर्ता गरेको छ। विभागले बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

फर्म दर्ए अगावै गैरकानुनी रुपमा भैरहवा नाका आसपासबाट चोरी पैठारी गरी भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर र आयकर समेत चुहावट गरेको आरोप सहनीमाथि विभागले लगाएको छ।

सहनीले आर्थिक वर्ष २०६७/०६८ देखि चालु आर्थिक वर्षसम्म राजस्व चुहावटतर्फ भन्सार महसुल ९ करोड ६१ लाख २६ हजार २०८, मूल्य अभिवृद्धि करतर्फ तीन करोड १३ लाख ९ हजार ६७४ रुपैयाँ हिनामिना गरेको विभागको दाबी छ। यस्तै, आयकर तर्फ दुई करोड २० लाख ७९ हजार ७८२ रुपैयाँ हिनामिना नगरेको विभागको आरोप छ।

विभागले सहनीलाई राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा मुद्दा दायर गरेको हो।

विभागले सहनीसँग १६ करोड ९८ लाख ८२ हजार ९२४ रुपैयाँ बिगो दाबी गरेको छ। बिगोको दोब्बर जरिवाना असुल गर्न विभागले माग दाबी लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell