PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फरार बलात्कारी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, दाया खुट्टामा गोली लागेपछि अस्पताल भर्ना



एम बम

फरार बलात्कारी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, दाया खुट्टामा गोली लागेपछि अस्पताल भर्ना

धनगढी: अदालत परिसरबाट हत्कडीसहित फरार एक अभियुक्तलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएको छ।
 
कैलाली जिल्ला अदालतबाट भागेका २३ वर्षीय दिल्प दमाइलाई प्रहरीले गोली प्रहार गरेको हो। धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा प्रहरीले दमाइको खुट्टामा गोली प्रहार गरेको थियो। सेती अञ्चल अस्पलातमा उनको उपचार भइरहेको छ।

बलत्कारको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका दमाई मंगलवार म्याद थप्न अदालत लगेको समयमा फरार भएका थिए। 

उनको दाया खुट्टामा गोली लागेको र सेती अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरी वलीले जानकारी दिए।

तीन महिनाअघि १४ बर्षिया बालिका करणीको आरोपमा सोमबार इलाका प्रहरी कार्यालय लम्किले २३ वर्षीय दिलीप दमाइलाई पक्राउ गरेको थियो। पक्राउ पछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनामा रहेका दमाई मङ्गलवार करिब साढे २  बजे फरार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell