PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतीय सिरियल क्राइम पेट्रोलबाट प्रभावित भई भाउजुको हत्या



पहिलोपोस्ट

भारतीय सिरियल क्राइम पेट्रोलबाट प्रभावित भई भाउजुको हत्या

ढाका : भारतीय टिभी सिरिज क्राइम पेट्रोलबाट प्रभावित भई बंगलादेशमा एक २२ वर्षीय युवकले आफ्नै भाउजुको हत्या गरेको बताएका छन्। 

क्राइम पेट्रोल वास्तविक जीवनमा आधारित अपराधका घटनाबारे टेलिभिजन कार्यक्रम हो। आफूलाई पैसा नदिएपछि भाउजुको हत्या गरेको बताउने लिमनले सिरियलले प्रभावित गरेको बयान दिएका हुन्। 

लिमनकी ३२ वर्षीया भाउजु हसिना बेगम फेब्रुअरी ८ का दिन कालिहाटस्थित भाडाको घरमा मृत फेला परेकी थिइन्। उनका पति साउदी अरबमा छन् भने एक्लो छोरा १२ वर्षका अबिर होसेन मदरसामा बस्छन्। 

हत्याको योजना क्राइम पेट्रोलबाट प्रभावित भई बुनेको लिमनले बताएको चट्टोग्राम मेट्रोपोलिटन पुलिसका एपिसी अमिना बेगमलाई उद्‍धृत गर्दै युनाइटेड न्युज अफ बंगलादेशले जनाएको छ।  

उनले आफू क्राइम पेट्रोलको नियमित दर्शक रहेको बताउँदै हत्यालाई चोरीको केस जस्तो बनाउने प्रयास गरेकोसमेत स्वीकारेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell