PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'काँडामा उनिएको प्रेम'  



भावना शर्मा

'काँडामा उनिएको प्रेम'  

भावना शर्मा -

माग्नु छ तिमीसँग दुईचार घाउ 
घिनैघिनले पुरिदिनु छ
तिम्रा मनका खाल्डाहरु 
आउ आज केही सम्झौता गरौं
एक अर्कालाई बेस्सरी घृणा गरौं
......................

निन्द्रा टुट्दा 
अचानक आकाशबाट मन परेको तारा हराउनु
घाम ओइलिँदा
अचानक आकाशबाट मनपरेको रंग बिलाउनु
खुशी बेरिएको पुरानो डायरीबाट
फुत्त खस्दा सुकेको पात
तिम्रो आँखाको डिलबाट खसेको आँशु
छ्या! कति नसुहाउँदो.... 
अंगालेर मुटुको घाउ
आउ बेस्सरी चोट दिउँ एक अर्कालाई
साँच्चै, यहाँ अब 'प्रेम' लायक को नै छ र? 
..............

आँखाबाट बगेका सपना
कुनै रातले फर्काउँदैन
'भ्रम' घातक हुन्छ
अझ घातक हुन्छन् भ्रमबीच एकाकार मान्छेहरु
हामी छातीभरी क्याक्टस रोपेर बाँचौं न हुन्न?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell