PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरियामा ल्होछार, सेलो र म्हेन्दोमायामा झुमे दर्शक



कोरियामा ल्होछार, सेलो र म्हेन्दोमायामा झुमे दर्शक
फोटोहरु: अमिर योञ्जन तामाङ

कोरिया: कोरियाका ल्होछारप्रेमी डम्फूरे, सेलो र म्हेन्दोमाया गीतमा दर्शक झुमे। नेपाल तामाङ संघ दक्षिण कारियाको आयोजनामा २८५५ औं बृहत सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रममा दर्शकले भरपुर मनोरञ्जन लिए। सोमबार राजधानी सौलको एडब्लु कन्भेन्शन हलमा ल्होछार कार्यक्रम आयोजना गरिएको थियो।

नेपालबाट आमन्त्रित कलाकारहरु टिका बम्जन, फूलकुमार बम्जन, जीवन बम्जन, जोगलाल लामा, तम्बा धावा वाङ्गेल लामा र म्हेन्दोमाया तथा सेलो गायिका विना घले लोप्चनको गायनमा ल्होछारप्रेमी झुमेका थिए। साथमा जापानबाट आएका परस्वती तामाङ स्थानीय कलाकारहरु कला ग्लान, मनिराज तामाङ, कमला थोकार, निरु तामाङ, डिलिमा तामाङ, अमल थिङ, भवश्वी बम्जन, ज्ञान लामा, राज लामा, रहर तामाङ रमन पाख्रिन, डोमा योञ्जन, अञ्जु योञ्जन, सुजिता लामा, अनिता गुरुङ, सोनाम माम्बा लगायतको गायन तथा नृत्य बेजोड प्रस्तुति रहेको थियो ।  
कार्यक्रममा सुरुवातमा लामा गुरुहरुले लामा बिधिबाट मोलामपाठ गरी औपचारिक कार्यक्रम भएको थियो।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महांसघ दक्षिण कोरिया कार्याबाहक अध्यक्ष मल्लिका थकाली थियो। प्रमुख अतिथि थकालीले ल्होछारको शुभकामना दिदै आदिवासीको आफ्नो हक अधिकारको लागि यस्तो शक्ति प्रर्दशन तथा पहिचानको लागि निरन्तर लागीरहने बताइन्। उनले आदिवासीको पहिचानको मुद्दालाई सधैं बोकिराख्नु पर्ने बताइन्। 

कार्यक्रमका सभापति तथा कार्यक्रम संयोजक एवं नेपाल तामाङ संघ कोरियाका अध्यक्ष मेघ वाइबा तामाङले नेपाल सरकारले समुदायलाई विभेद गर्दै ल्होछारलाई विदा कटौटी गरेकोमा आपती जनाउदै अबको दिनमा सोनाम ल्हाछारलाई विदा दिनैपर्ने जोडदार माग गरे । उनले नेपाल विकेन्द्रीकृत राज्य संरचना प्रणालीमा गइसकेको बताए। ‘अबको दिनमा सम्पूर्ण समुदायको पर्वलाई विदा घोषणा गरेन भने हामी प्रवासमा रहेका युवाहरु स्वदेश फिर्ता भएर सडकबाट घोषणा गर्नेछौ,’ उनले थपे । 

कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रबाट सहयोगका गरिरहेका सात व्यक्तिलाई सम्मान गरेका छन्। जसमा विगत बर्षमा नेपालका सगरमाथा, हिमालय टिभीमा सामाचार प्रस्तोता, हाल विभिन्न अनलाइनमा काम गर्दै आएका र तामाङ पत्रकार संघ कोरिया शाखाका अध्यक्ष सिमा लामा, वर्तमान कार्यसमितिका उपाध्यक्ष सरिता लोप्चन, स्नेह लामा, गायक अमन थिङ, निर्वातमान अध्यक्ष उइनासिं वाइबा, तामाङ समाज ख्याङ्साङ्नाम्दो/बुसानका अध्यक्ष विश्वास ब्लोन र चित्रकार (कलाकार)  मनोज लामालाई ताम्रापत्रले सम्मान गरेका थिए।
बिगतको भन्दा यो ल्होछारमा ल्होछारप्रेमी उल्लेखनीय रुपमा सहभागी भएको आयोजकले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell