PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मकाउमा मनाइयो सोनाम ल्होछार



पहिलोपोस्ट

मकाउमा मनाइयो सोनाम ल्होछार

मकाउमा रहेका नेपाली समुदायले सोनाम ल्होछार मनाएका छन्। स्थानीय ताइपास्थित दि हिमालयन हलमा यसै हप्ता तामाङ घेदुङ मकाउको आयोजनामा २८५५ औं ल्होछार समारोह सम्पन्न भएको हो। समारोहको उद्घाटन हङकङ तथा मकाउका लागि महावाणिज्यदूत कमलप्रसाद भट्टराईले गरेका थिए।

महावाणिज्यदूत भट्टराईले नेपाल विविधताले भरिएको देश हुनाले ल्होछारलाई सबै जातिले मिलेर मनाउनुपर्ने बताए। ‘नेपालका चाडपर्वहरु नेपालीहरुलाई एकतामा बाँध्ने माध्यम हुनसक्छ,’ उनले भने।

तामाङ घेदुङ मकाउका उपाध्यक्ष सुरेन्द्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा लामागुरु रोजन लामाद्वारा पूजापाठ गरिएको थियो। उपाध्यक्ष तामाङले मकाउमा दशैंतिहारमात्र होइन अरु चाडमा पनि नेपालीहरुको भेला हुने गरेको र यसले भविष्यमा समेत निरन्तरता पाउने बताए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी, तामाङ घेदुङ हङकङका अध्यक्ष बिश्वनाथ घिसिङ, महासचिव राज नेगी, कोषाध्यक्ष प्रतिमा घिसिङ, पूर्वअध्यक्ष प्रेम लामा र कार्यक्रमका संयोजक तथा मकाउ तामाङ घेदुङका संरक्षक हेम लो तामाङ लगायतले ल्होछारको शुभकामना दिएका थिए।

तामाङ घेदुङ मकाउका महासचिव जय साम्देन तामाङको नेतृत्वमा आर्थिक संकलन गरी सोनाम ल्होछार कार्यक्रम गरिएको हो। आर्थिक सहयोग गर्ने ५३ जना दातालाई सोही कार्यक्रममा सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न समुदायका २०० भन्दा बढी नेपाली सहभागी भएको मकाउका व्यवसायी किरण श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell