PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इन्टरनेटमा बाल यौन दुर्व्यवहार सामाग्री हटाउन नेपालमा चाइल्ड सेफ्टी पोर्टल शुरु



पहिलोपोस्ट

इन्टरनेटमा बाल यौन दुर्व्यवहार सामाग्री हटाउन नेपालमा चाइल्ड सेफ्टी पोर्टल शुरु

काठमाडौं : इन्टरनेटमा रहेका बाल यौनदुर्व्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाइल्ड सेफ्टी पोर्टल सुरु गरिएको छ।

फोरम फर डिजिटल इक्वालिटी, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको साझा अभियान अनलाइन चाइल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायतस्थित अन्तराष्ट्रिय संस्था इन्टरनेट वाच फाउन्डेसनको  संयुक्त पहलमा उक्त पोर्टलको लन्च गरिएको हो।

इन्टरनेटमा उपलब्ध बाल हिंसा वा यौन दुर्व्यवहारजन्य फोटो वा भिडियो सामाग्री फेला परेमा त्यसको लिंक, तस्विर, भिडियो यस अनलाइन पोर्टलमा पहिचान उल्लेख गरी वा नगरी जो सुकैले पनि उजुरी गर्न सक्नेछन्।

यसरी प्राप्त उजुरीलाई इन्टरनेट वाच फाउन्डेसनले विकास गरेको आईडब्लुएफ पोर्टलको टुल्स मार्फत प्राविधिक विश्लेषण गरी विस्तृत रुपमा प्रतिवेदन तयार गर्दछ। यसरी प्राप्त प्रतिवेदनलाई नेपाल प्रहरी लगायत कानुन कार्यन्वयन निकायले थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि प्रयोग गर्न सक्नेछ।

साथै, सम्बन्धित सेवाप्रदायकको सहयोगमा उक्त सामाग्री स्रोतबाटै हटाउन पहलकदमी गर्नेछ । स्थानीय संजाल बाहेक इन्टरनेट वाच फाउण्डेशनले संयोजन गरेको अन्तराष्ट्रिय संजाल मार्फत उक्त सामग्री हटाउन सक्रिय रुपमा पहल गर्नेछ।

पोर्टलमा दुव्यवहारजन्य सामग्रीको उजुरी गर्ने टुल्स लगायत बालबालिकालाई इन्टरनेट प्रयोग गर्ने सम्बन्धमा आवश्यक जानकारीमूलक सामग्री, नीति तथा कानुन लगायत सामग्री समेत उपलब्ध हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell