PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बालुवाटारमा किताब विमोचनपछि प्रम ओलीको प्रवचन, 'पात्रले लेखकलाई आफ्नै कथा लेख्न बाधा पुर्‍याएको रहेछ'



बालुवाटारमा किताब विमोचनपछि प्रम ओलीको प्रवचन, 'पात्रले लेखकलाई आफ्नै कथा लेख्न बाधा पुर्‍याएको रहेछ'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन्।

चिकित्सक डाक्टर अरुण सायमिले लेखेको 'मेरो जीवन कथा'को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिएका हुन्। सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै मुलुकको समग्र राजनीतीक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रीत गरेका थिए। 

ओलीले साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताए। ओलीले भने, “साहित्यमा एउटा सानो विषयलाई कसरी प्रस्तुत गरिन्छ। त्यहाँ पसिसकेपछि, किताबको छेउमा पस्नुपर्छ, त्यसपछि त्यो किताब कस्तो छ भन्ने कुरा समय मान्छेलाई अभाव हुन्छ। त्यो बिर्स्यो कि बिर्सेन? महत्वपुर्ण कामहरु हुन्छ नि त्यो बिर्स्यो कि बिर्सेन? थकाई लाग्या हुन्छ, त्यो बिर्स्यो कि बिर्सेन? , निन्द्रा लाग्या हुन्छ त्यो बिर्स्यो कि बिर्सेन?, भोक लागेको हुन्छ त्यो बिर्स्यो कि बिर्सेन? थुप्रै कामहरुको चाङ लाग्या हुन्छ त्यो बिर्स्यो कि बिर्सेन?, सबै कुरा छोडेर त्यसैमा लाग्यो भने त्यो असाधारण हो।”

ओलीले साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताए। सायमिको आत्मकथा मेरो जीवन कथामा केही त्यस्ता प्रसंग पनि भएको टिप्पणी ओलीको थियो।

मेरो जीवन कथामा आएका कतिपय पात्रले लेखक सायमिलाई बास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्‍याएको टिप्पणी पनि गरे।  

पेशाले चिकित्सक डाक्टर सायमिले गीतिलेखन, कविता, उपन्यास तथा समसायिक विषयमा कलम चलाउदै आएका छन्। उनको पछिल्लो कृतिको रुपमा आएको मेरो जीवन कथा आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो।  २ सय ५२ पृष्ठको मेरो जीवन कथा भित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजनैतिक यात्रा,राजनीतिक व्यक्तित्वसंगको भेटघाट, संगत तथा २०६२/६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell