PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा ५० ओभरको प्रतियोगिता छैन त्यसैले अन्तर्राष्ट्रिय खेलमा ओपनरलाई नयाँ बल फेस गर्न गाह्रो हुन्छ : उमेश पटवाल



गोविन्दराज नेपाल

नेपालमा ५० ओभरको प्रतियोगिता छैन त्यसैले अन्तर्राष्ट्रिय खेलमा ओपनरलाई नयाँ बल फेस गर्न गाह्रो हुन्छ : उमेश पटवाल

काठमाडौँ : युएई विरुद्ध हुने ओडिआई र टी २०आई सिरिजको लागि नेपालले कीर्तिपुरस्थित टीयू मैदानमा करिब २ साताको तयारी गरेको छ।

नेपालले जनवरी २५ देखि फेब्रुअरी ३ सम्म युएईमा ३ ओडिआई र ३ टी २० आई खेल्नेछ।

ब्याटिङ जहिल्यै नेपालको मुख्य समस्याको रुपमा देखा पर्छ। त्यसका लागि नेपालले महत्वपूर्ण टर्नामेन्टहरु खेल्दा विदेशबाट ब्याटिङ कन्सलट्यान्टलाई ल्याएर ब्याटिङ प्रशिक्षणमा जोड दिइरहेको छ। यसअघि नै नेपालको लागि काम गरिसकेका भारतीय प्रशिक्षक उमेश पटवाल यस पटक पनि उक्त भूमिकामा नेपाल आएका छन्।

उनले नेपाली खेलाडीलाई राम्रो ब्याटिङका लागि रणनीतिक सिकाइरहेका छन्। यसअघि नै नेपालमा काम गरिसकेको र टी२० लिगहरुमा प्रशिक्षक र निर्देशकको रुपमा समेत काम गरिसकेका कारण पटक नेपाली क्रिकेटमाझ परिचित नै छन्।

तैपनि नेपालको मुख्य कमजोरी ब्याटिङ नै रहेको भन्ने उनी हिचकिचाउँदैन्। नेपाली खेलाडीलाई ब्याटिङ सिकाइरहेका पटवाल भन्छन्,

'हामी यस्तो टुर्नामेन्टछ खेल्न गइरहेका छौँ कि हामीले गेम सेन्समा मुख्य फोकस गरेका छौँ।'

'खेलाडीहरुमा बल सेन्स छ गेम सेन्स मिसिङ भइराछ। बल राम्रोसँग पिकअप गर्छन् तर कतिखेलर सिंगल लिने, कतिखेर सट हान्ने भन्ने मिसिङ छ। गेम प्लान कमजोर छ र त्यसमा उनीहरुसँग क्लु छैन।'

पटवालले यसको कारण नेपालमा ५० ओभरको क्रिकेट प्रतियोगिता नभएकोले रहेको बताए।

'हामीसँग कुनै ५० ओभरको कम्पिटिसन छैन। डोमेस्टिकमा नेपाली खेलाडीहरुले ५० ओभर खेल्न पाएका छैनन्। कम्पिटेटिभ साइड र बलरसंग खेल्न पाएका छैनन्।'

'अहिले नेपालमा तीन वटा टी-२० लिग मात्र छ। जब उनीहरु ठूला टुर्नामेन्ट खेल्छन् तब संघर्ष गरिरहेका हुन्छन्। किनकी उनीहरुसँग राम्रो बलरसँग खेलेको अनुभव हुँदैछ। २५० रन चेज गर्दा पनि जहिले संघर्ष गरिरहेको हुन्छन्।'

पटवालले राम्रो क्रिकेट खेल्नका लागि क्रिकेटर भएर नहुने र क्यारेक्टर चाहिने बताए। तब मात्र म्याच विनर खेलाडी बन्न सक्ने उनको बुझाई छ। 'केही क्यारेक्टर भएका खेलाडीहरुले ५० ओभरमा राम्रो गर्न सक्छन्। मेरो विश्वास के छ भने क्रिकेट क्यारेक्टर भएकाले खेल्ने हो क्रिकेटरले होइन। यदी तपाईलाई म्याच विनर आवश्यक छ भने टिममा क्यारेक्टर खेलाडी धेरै चाहिन्छ। यदी क्यारेक्टर भएको खेलाडी छ म्याचआफ्नो पक्षमा पार्न सकिन्छ।'

ब्याटिङमा पनि नापलको मुख्यसमस्या ओपनिङमा रहेको छ। कुनै पनि प्रतियोगितामा नेपालको ओपनिङमा कन्सिस्टेन्सी देखिँदैन। नेपालले यसका लागि धेरै प्रयोग गरेपनि सफल हुन सकेको छैन। यसको कारण पनि ५० ओभरको खेलको कमी र उत्कृष्ट बलरसँग खेल्न नपाउनु नै रहेको पटवालले बताए। जसले गर्दमा नयाँ कन्डिसन र नयाँ बलसँग खेल्ने ओपनरलाई गाह्रो हुने उनी बचाउँछन्।

'हामीसँग ५० ओभर राम्रो खेल छैन। राम्रो बलरसँग खेलेको छैन। नयाँ कन्डिसनमा नयाँ बल खेल्न गाह्रो हुन्छ। नेपालमा खेल्दा सजिलो होला तर जब बाहिर खेल्न गइरहेको हुन्छ, तब फरक कन्डिसन हुन्छ, फरक बलर हुन्छ। त्यसैले खेल्न सजिलो हुँदैन।'

पटवालले नेपालमै हुने गरेको टी २० लिगमा समेत नेपाली ब्याट्म्यानहरुले राम्रो खेल्न नसकिरहेको प्रतिक्रिया दिए। नेपालमै पनि टी २० लिगमा नेपाली ब्याट्सम्यानले संघर्ष गरिरहेका छन्। दीपेन्द्र सिंह ऐरी बाहेक अरुलाई ५० रन हान्न पनि गाह्रो परिरहेको छ।

दिपेन्द्रले आफ्नो विकेट बचाएर खेल्ने गरेका कारण रन बनाउन सफल रहेको उनले बताए। युएई विरुद्ध दिपेन्द्रले नम्बर ४ पोजिसनमा ब्याटिङ गर्छन्। उनी त्यसभन्दा माथि पनि बउँदैनन् तल पनि झर्दैनन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell