PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमएम कप क्रिकेट : नेपाल पुलिस फाइनलमा, दिलिप नाथको शतक र सागर ढकालको ५ विकेट



पहिलोपोस्ट

एमएम कप क्रिकेट : नेपाल पुलिस फाइनलमा, दिलिप नाथको शतक र सागर ढकालको ५ विकेट

काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लब सुनसरीमा भइरहेको मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीवार भएको पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश नम्बर ७ लाई २०० रनको फारकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

इनरुवा क्रकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले दिलिप नाथको शतक मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२३ रन बनाएको थियो। दिलिपले १२५ बल खेल्दै नटआउट ११६ रन बनाए। पुलिसका कप्तान मन्जित श्रेष्ठले ५३ रन बनाए।

३२४ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ७ ले ३१.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो। प्रदेश ७ का लागि बिपिन रावल र लोकेश बमले समान २६ रन बनाए।

प्रदेश १ लाई अलआउट गर्न पुलिसका स्पिनर सागर ढकालले ९.३ ओभरमा २ ओभर मेडन राख्दै ३१ रन खर्चेर ५ विकेट लिए।

पुलिसले अब उपाधिका लागि त्रिभुवन आर्मी र प्रदेश १ को विजेतासँग खेल्नेछ। आर्मी र प्रदेश १ बीचको खेल शुक्रवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell