PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चोभार पुगेर प्रम ओलीले भने, ‘यो भारत र चीनबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्ष’ 

चोभार पुगेर प्रम ओलीले भने, ‘यो भारत र चीनबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्ष’ 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका स्थित चोभारमा आज  सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन्। 


साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको  चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाह निर्माणको शिलान्यास गरिएको हो। प्रधानमन्त्री ओलीले यो बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताए। दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाह उपयोग हुने प्रधानमन्त्री ओलीले बताए। 


प्रधानमन्त्री ओलीले देश तीव्र विकासको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक बर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए। “संविधान थियो कानुन थिएन। त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं। हामीले अब काम गर्ने वातावरण बनाएका छौं। अब देश तीव्र गतिमा अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने। 


बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवस सिर्जना हुने प्रधानमन्त्री ओलीले बताए। स्थानीयवासीका गुनासा भए सम्बन्धित निकायमा जानकारी गराउनसमेत ओलीमो सुझाव थियो। प्रधानमन्त्री पुग्दा स्थानीयले भने विरोध गरेका थिए। सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस। सरकारले सकारात्मक ढंगले लिनेछ।’


प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रहसमेत गरेका छन्। बन्दरगाह १ अर्व,४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell