PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आँखामा पट्टी बाँधेर खेल्ने गोलबल, आर्मी च्याम्पियन

आँखामा पट्टी बाँधेर खेल्ने गोलबल, आर्मी च्याम्पियन


काठमाडौँ : प्रथम पारा राखेप च्याम्पियनसिपअन्तर्गत भएको गोलबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीको ए टिमले जितेको छ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र राष्ट्रिय दृष्टिबिहिन खेलकुद संघको व्यवस्थापानमा भएको राष्ट्रिय गोलबलको फाइनलमा आर्मीले बागमती टिमलाई १३-५ अन्तरमा पराजित गर्‍यो।

४ टोली समावेश प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो।

त्यसअघि आर्मी ए ले अन्नपूर्ण तथा बागमतीले आर्मी बी लाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

दृष्टिविहिनहरुले मात्र खेल्ने यस खेल, गोलबलको पाराओलम्पिक्समा समेत प्रतिस्पर्धा गराइन्छ। यस खेलमा खेल्ने खेलाडीको आँखामा पट्टी बाँधिन्छ। गोलबलका लागि एक टिममा ६ जना हुनेछन् भने मैदानमा ३ खेलाडीले मात्र एक पटकमा प्रतिस्पर्धा गर्नेछन्।

गोलबलमा प्रयोग हुने बलमा भित्र बेइल्स राखिएको हुन्छ जसले गर्दा खेलाडीलाई बल आफूतिर आएको जानकारी लिन मद्दत पुग्छ।

कोर्टको दुइ भागमा दुई टिमका ३-३ जना खेलाडी बसेका हुन्छन्। विपक्षीले हानेको बल रोक्न असफल भएमा त्यो बल गोल हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell