रियल मड्रिड र सेभिया स्पानिस कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। एट्लेटिको मड्रिड भने बाहिरिएको छ। दोस्रो लेगमा हार बेहवरेपनि रियल र सेभिया समग्रमा विजयी हुँदै अन्तिम आठमा पुगका हुन्।
उता जिरोनासँग दुवै लेग बराबरी खेलेको एट्लेटिको भने अवे गोलमा पछि पर्दै बाहिरिएको हो।
पहिलो लेगमा लेगानेसलाई ३-० ले पारजित गरेको रियल दोस्रो लेगमा १-० को अप्रत्यासित हा बेहोर्यो। तर समग्रमा ३-१ ले विजयी हुँदै रियल क्वाटरफाइद्दलमा प्रवेश गरेको हो। लेगानेसका लागि घरेलु मैदानमा मार्टिन ब्रेइथवेइटले ३०औँ मिनेटमा गोल गरेका थिए।
यस्तै सेभियाले पनि पहिलो लेगमा एथ्लेटिक विल्वाओलाई ३-० ले नै पारजित गरेको थियो। दोस्रो लेगमा भने सेभिया पनि १-० ले नै पराजित भयो तर समग्रमा ३-१ ले विजयी भयो। विल्वाओका लागि गोर्का गुरुजेटाले दोस्रो हाफमा एक गोल गरेका थिए।
यसैगरी एट्लेटिको मड्रिडले गिरोनासाग भएको पहिलो लेग १-१ को बराबरी खेलेको थियो। उक्त खेल गिरोनाको मैदानमा भएको थियो।
एट्लेटिकोकै मैदानमा भएको दोस्रो लेग ३-३ को बराबरीमा सकिएपछि समग्रमा ४-४ भएपनि अवे लेगमा धेरै गोल गरेका कारण गिरोना क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो।
खेलको ८८औँ मिनेटमा सेवडोउ डोम्वाले गोल गरेपछि गिरोना भाग्यमानी बनेको थियो। त्यसअघि ८४औँ मिनेटमाए एन्टोनी ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई ३-२ को अग्रता दिलाएका थिए। तर अन्तिम समयमा गोल खाँदा एट्लेटिको बाहिरियो।