PahiloPost

Feb 23, 2019 | ११ फागुन २०७५

विवेकशील नेपालीको तर्फबाट प्रदेशसभा सदस्य रहेका विराजले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन


विवेकशील नेपालीको तर्फबाट प्रदेशसभा सदस्य रहेका विराजले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन

काठमाडौं: प्रदेश ३ का प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले आफ्नो एक वर्षे कार्यसम्पादनको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्।

उनी विवेकशील साझा पार्टीको तर्फबाट प्रदेश सदस्यमा निर्वाचित भएका हुन्। हालै विभाजन हुँदा विवेकशील नेपालीतर्फ रहेका उनले एक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका हुन्। सम्भवतः यसरी प्रगति विवरण सार्वजनिक गर्ने विराज पहिलो संसद भएको उक्त पार्टीले दाबी गरेको छ। उनले गरेको यस सुरुवातले अरु संसदहरुलाइ पनि जवाफदेही बन्नको लागि प्रेरित गरेको छ।

२७ पृष्ठ लामो प्रतिवेदनमा उनले सदनमा उठाएका विषयहरु र सचिवालयमा गरेका कार्यहरुसमेत समावेश गरिएको छ।

पछिल्लो समय पार्टी फुटको अवस्थामा रहेको र उनी उज्ज्वल थापाको पक्षमा छन्। श्रेष्ठ तात्कालीन विवेकशील नेपाली दलबाट राजनीतिमा प्रवेश गरेका हुन्।

यस्तो छ प्रदेश सभा सदस्य भएपछिको श्रेष्ठको प्रगति प्रतिवेदन



विवेकशील नेपालीको तर्फबाट प्रदेशसभा सदस्य रहेका विराजले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट