PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सभामुख कप महिला भलिबल : एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा



पहिलोपोस्ट

सभामुख कप महिला भलिबल : एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा

पोखरा : विभागीय टोली एपीएफ र प्रदेश नम्बर ५ पोखरामा भइरहेको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको खेलहरुपछि एपीएफ समूह को विजेता बन्दै अन्तिम आडमा पुगेको हो। यस्तै समूह बी बाट प्रदेश ५ र प्रदेश २ क्वाटरफाइनल पुगेको छ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सेटमा हराउँदै समूह ए मा अपराजित बनेको हो। खेलमा एपीएफ २५–४, २५–७, २५–३ विजयी भयो। यसअघि पहिलो खेलमा एपीएफले मंगलवार प्रदेश १ लाई पराजित गरेको थियो।

पहिलो खेल हारेपनि सुदूरपश्चिमलाई यस्तै प्रतिसपर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दै प्रदेश १ समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ।

प्रदेश १ ले सुदूरपश्चिमलाई २५–१३, १५–२५,१७–२५,२५–२२, १५–११ को सेटमा पराजित गरेको हो।

यस्तै समूह ‘बी’ बाट प्रदेश नम्बर ५ र २ ले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्। बुधवार भएको खेलमा यी दुवै टिमले प्रदेशले कर्णाली हराउँदै अन्तिम आठमा स्थान बनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell