PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बीपीएल : अघिल्लो खेलमा ड्रोप भएका सन्दीप रंगपुर राइडर्स विरुद्ध पहिलो रोजाईँमा



पहिलोपोस्ट

बीपीएल : अघिल्लो खेलमा ड्रोप भएका सन्दीप रंगपुर राइडर्स विरुद्ध पहिलो रोजाईँमा

काठमाडौँ : बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत अघिल्लो खेलमा ड्रोप भएsf नेपालका सन्दीप लामिछाने रंगपुर राइडर्स विरुद्धको खेल पहिलो रोजाईँमा फर्केका छन्।

सिलेट सिक्सर्सका लागि यसअघि लगातार तीन खेल खेलेका सन्दीप मंगलार कोमिला भिक्टिरएन्स विरुद्धको खेलमा भने ड्रोप भएका थिए। उनको स्थानमा आन्द्रे फ्लेचरले खेलेका थिए।

तर आज हुने राइडर्स विरुद्धको खेलमा भने सन्दीप प्लेइङ एघारमा पर्न सफल भएका छन्। सिक्सर्सका कप्ता डेविड वार्नरले सन्दीपले पहिलो रोजाईँमा खेल्ने बताएका हुन्।

खेलमा राइडर्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ। सन्दीपको टोली सिक्सर्सले पहिले ब्याटिङ गर्नेछ।

कोमिला भिक्टोरिएन्स विरुद्ध नै बीपीएल डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्ररद्शन गर्दै २ विकेट लिएका थिए। तर त्यसपछि लगातार दुई खेलमा उनी विकेटलेस बने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell