PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दीपक मनाङेको फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने



पहिलोपोस्ट

दीपक मनाङेको फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने

काठमाडौं : प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले अब फिल्म निर्माण गर्ने भएका छन्। फिल्मको निर्देशनको जिम्मा उनले 'तिमी सँग' निर्देशक शिशिर राणालाई दिइसकेका छन्।

फिल्मको टाइटल भने सार्वजनिक भएको छैन। कलाकारहरु पनि फाइनल भइसकेका छैनन्। फिल्ममा मनाङेसहित अन्य निर्माता छन्। रेड बर्ड ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन्। फिल्मको कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन्।

फिल्मले विवाहपछि दम्पतिको जीवनमा आउने आरोह अवरोहलाई समेट्ने बताइएको छ। ‘सोसल ड्रामा’मा बन्ने फिल्म चेत अन्तिमतिर छायाँकनमा जाने भएको हो।  फिल्मका लागि कलाकारको खोजी भइरहेको निर्देशक राणाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell