PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यस्तो बन्यो 'बुलबुल'को ट्रेलर



पहिलोपोस्ट

यस्तो बन्यो 'बुलबुल'को ट्रेलर

काठमाडौं : फिल्म 'बुलबुल'को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले ट्रेलरसँगै फिल्मको प्रचार थालेको हो। ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का, मुकुन भुषाल र लक्ष्मी बर्देवालाई फिल्मको चरित्र भुमिकामा देख्न सकिन्छ। फिल्मले टेम्पो चालकको कथा समेटेको छ।

फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। उनले फिल्मले रमाइलो र गम्भिर वियषवस्तु प्रस्तुत गर्ने बताए। फागुन ३ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा फिल्ममा बुद्धी तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्कीलगायतको अभिनय छ। फिल्ममा सुसन प्रजापतिको छायांकन छ।

फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell