PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वुमन्स टी-२० स्म्यास : थाइल्याण्ड ए लाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता



पहिलोपोस्ट

वुमन्स टी-२० स्म्यास : थाइल्याण्ड ए लाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ : डेब्यु खेलाडी आरती बिडारीसहित बलरहरुले घातक बलिङ गरेपछि वुमन्स टी २० स्म्यास क्रिकेटमा  नेपालले थाइल्याण्डको ए टिमलाई ९ विकेटले पराजित गरेको छ।

थाइल्याण्ड ए ले दिएको २० रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको नेपालको लागि ममत चौधरीले ओपनिङ गर्दै सर्वाधिक ८ रन बनाइन्। ८ बल खेलेकी ममताले १ चौका प्रहार गरिन्। नेरी थापा ५ र डोली भट्ट २ रनमा नटआउट रहिन्। थाइल्याण्ड ए का लागि फानिता मायाले १ विकेट लिइन्।

त्यसअघि टेर्ड थाई क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ थालेको घरेलु टोली १५.४ ओभरमा १९ रनमा अलआउट भएको थियो।

नेपालको लागि आरती बिडारीले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्। इन्दु बर्माले २ ओभरमा १ मेडन रख्दै २ रन खर्चेर २ विकेट लिइन्। यस्तै सरीता मगरले ३ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर २ विकेट लिइन् कप्तान रुबिना क्षेत्रीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर १ विकेट लिइन्। सोनु खड्काले  र सीता राना मगरले पनि १-१ विकेट लिइन्।

थान्चानोक पप्लुकले बनाएको ४ रन नै व्यक्तिगत सर्वाधिक स्कोर बन्यो। २४ रन खेलेकी पप्लुक ४ रनमा नटआउट रहिन्। थाइल्याण्ड ए का पाँच खेलाडीले खाता समेत खोल्न सकेनन्। थाइल्याण्डले ए ले ७ रन एक्स्ट्राबाट पाएको थियो।

समूहमा सबै चार खेले जितेको नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको छ। यस्तै नेपालसँग मात्र हारेको युएई ४ मध्ये ३ खेल जित्दै समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो।

नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ।


PHOTO : THAILAND CRICKET



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell