PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महिला भलिबल : नेपाल पुलिस र प्रदेश नम्बर ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा



पहिलोपोस्ट

महिला भलिबल : नेपाल पुलिस र प्रदेश नम्बर ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा

पोखरा : विभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर ३ दोस्रो सभामुख कप राष्ट्रिय भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुई टोली मात्र रहेको दुई फरक समूहमा जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा स्थान बनाएका हुन्।

यस्तै अर्को विभागीय क्लब एपीएफले पनि विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आजबाट सुरु प्रतियोगिताको समूह समूह डी अन्तर्गत पुलिसले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गरेको हो। पुलिसले गण्डकीलाई २५-१९, २५-२०, २५-२७ ले पराजित गरेको हो। पराजित गण्डकी प्रदेश पनि समूह उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ।

यस्तै समूह सी अन्तर्गत खेलमा प्रदेश नम्बर ३ ले विभागीय टोली नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। प्रदेश ३ ले आर्मीलाई २५-१०, १२-१५, २५-२०, २५-१४ ले पराजित गरेको हो।

हारका बावजुत पनि आर्मी समूहको उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ।

मंगलवारै भएको समूह ए को खेलमा एपीएफले प्रदेश नम्बर १ लाई २५-३, २५-८, २५-३ को सेटमा हरायो। यस्तै समूह बी को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५-१०, २५-१४, २५-८ ले पराजित गरेको छ।

माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वाटरफाइनल पुग्नेछन्।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रोले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैयाँ हात पार्नेछन्।

यसैगरी उत्कृष्ट खेलाडीले नगद १० हजार विधागत उत्कृष्टले ५-५ हजार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell