PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आशिरमानपछि आयुष्मानसँग 'सानो मन'मा देखिँदै शिल्पा



पहिलोपोस्ट

आशिरमानपछि आयुष्मानसँग 'सानो मन'मा देखिँदै शिल्पा

काठमाडौं : फिल्म 'सानो मन' बन्ने घोषणा भएको छ। सुयोग गुरुङले निर्देशन गर्ने फिल्म माघ ७ गतेदेखि छायाँकनमा जाने भएको हो।

फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केको मुख्य अभिनय रहनेछ। म्यूजिकल लभस्टोरीमा बन्ने फिल्ममा गौरी मल्ल, शिशिर वाङ्देल, विशाल पहारी, रश्मी भट्टलगायतको अभिनय रहेनेछ। फिल्मको छायाँकन काठमाडौं, हङकङ र मकाउमा गरिनेछ।

फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको कथा, आलोक शुक्लाको छायाँकन, शुयोग सोताङको संगीत, साजन सिंहको कोरियोग्राफी रहनेछ। कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका 'पर्सनल ट्रेनर' रहेको बताइएको छ।

निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन्। फिल्मका लागि २ करोड बजेट छुट्टाइएको निर्देशक सुयोगले बताए। आयुष्मानले शुयोगको ड्रिम प्रोजेक्टलाई पूरा गर्न आफू उत्सुक रहेको बताए।

फिल्मकी अभिनेत्री शिल्पाले यसअघि आयुष्मानको भाइ आशिरमान देशराज जोशी श्रेष्ठसँग 'ब्रेकअप'मा अभिनय गरेकी थिइन्। शिल्पाले फिल्मबारे भनिन् 'लण्डनमा हुँदा यो फिल्मको अफर आएको थियो। आशिरमानसँग काम गरें अब आयुष्मानसँग अभिनय गर्न तयार छु। डर पनि लागेको छ।'

फिल्म घोषणा कार्यक्रममा अभिनेत्री गौरी मल्लको जन्मदिन पनि मनाइयो। 'फिल्ममा म आर्मीको भुमिकामा देखिँदैछु। १० महिनाअघिदेखि यो फिल्म बन्ने कुरा थियो। आज हाम्रो तयारी पूरा भएको छ' शिशिरले आफ्नो भुमिका प्रस्टाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell